काठमाडौं, २२ पुस । नेपाल शेयर बजार लगानीकर्ता संघका महासचिव रविन कँडेलले नेपालमा शेयर बजारमार्फत वित्तीय अपराधीकरण सुरु भएको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले व्यवसायीहरुले त्यो पैसालाई त्यही प्रयोजनाका लागि नभएर शेयरको नाममा कागज बेच्ने परिपञ्च गरिराखेको बताए ।
साथै, भर्खरै प्रिमियममा आईपीओ निष्काशन गरेको रिलायन्स स्पिनिङ मिल्सको वास्तविक शेयर मूूल्य १५० पनि नरहेको उनको दाबी छ । उक्त कम्पनीको ११ लाख, ५५ हजार ९ सय ६० कित्ता शेयर प्रिमियम मूल्य ८२० रुपैया ८० पैसामा विक्री भएको थियो । भारतमा र अमेरिकामा रिलायन्स स्पिनिङजस्तो वित्तीय अवस्था भएका कम्पनीले शेयर बजारमा इन्ट्री नै नपाउने उनले बताए ।
‘अहिले रिलायन्स स्पिनिङ मिल्स भन्ने छ । जसले आफ्नो वास्तविक शेयरको मूल्य १५० पनि छैन । त्यसले ९ सय रुपैयामा बेचेको छ । यो ९ सय रुपैयाँमा किन बेचेको ? यसरी बेच्न पाइँदैन । यस्तो कम्पनी भारतमा र अमेरिकामा हुन्थ्यो भने त्यो कम्पनीले शेयर बजारमा इन्ट्री पनि पाउँदैन । यसले एक दुई वर्षभित्रमा ५०औं अर्बको घोटला गर्ने योजनासहित आएको छ,’- उनले भने ।
पवन गोल्यान, अक्षय गोल्यान, शशीकान्त अग्रवालहरु यस योजना बनाउने पात्र रहेको उनले बताए । उनीहरुले रिलायन्स स्पिनिङ मिल्सको शेयरबाट ठग्ने प्रयास गरेको उनले बताए । उनीहरुले नेपाल विद्युत प्राधिकरणलाई तिर्नुपर्ने करोडौं पैसा आफ्नो ब्यालेन्स सिटमा पनि नदेखाएको कडेँलले बताए । नेपालमा अहिलेको रिलायन्सको आइपिओले देशलाई घाटा रहेको उनले बताए । पब्लिकलाई गुमराहमा राखेर गोल्यान र अग्रवालले एक सय रुपैयाँ पनि भ्यालु नभएको शेयरलाई ९ सयमा बेचेको उनको आरोप छ । रिलायन्स स्पिनिङ मिल्सले सही वित्तीय विवरण सार्वजनिक नै नगरेको उनको आरोप छ । गोल्यान र अग्रवालले कानूनसमेत नमानेको उनले बताए ।




प्रतिक्रिया