घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?


काठमाडौं, पुस २३ । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ४ सय रुपैयाँले घटेर २ लाख ६७ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन मंगलबार सुन तोलाको २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य भने बढेको छ । अघिल्लो दिन मंगलबार तोलाको ४ हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर ४ हजार ९३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । महासंघका अनुसार बुधबार प्रति १० ग्राम सुनको मूल्य २ लाख २९ हजार ५१० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार २३१ रुपैयाँमा कारोबार भईरहेको छ ।