काठमाडौं, २३ पुष । उर्जामन्त्री कुलमान घिसिङले राजीनामा दिने भएका छन् । अहिले केहीबेरमा उनले पदीय जिम्मेवारीबाट राजीनामा दिने भएका हुन् । नागरिक सरकारमा बसेका कुलमान रास्वपामा उपसभापति बनेपछि प्रधानमन्त्री सुशीला कार्कीले पनि राजीनामा दिन निर्देशन दिएकी थिईन् ।
तर, कुलमानले सार्वजनिक कार्यक्रममा आफू कुनैपनि दलको सदस्य नभएको भनेर ढाँटेपछि उनी आलोचनाको शिकार बनेका थिए । चौतर्फी आलोचना चुलिएपछि उनलाई राजीनामा दिन दबाव थियो । उनले अहिले केहीबेरमा पत्रकार सम्मेलन गरेर राजीनामा दिन लागेको उनको सचिवालयले जनाएको छ ।




प्रतिक्रिया