जाँचबुझ आयोगपछि मानवअधिकार आयोगमा पनि रवि लामिछानेले दिए बयान


काठमाडौं, २३ पुष । रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेले मानवअधिकार आयोगमा बयान दिएका छन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा नख्खु कारागारबाट बाहिरिएको घटनामा आयोगले लामिछानेसँग आज बयान लिएको हो । बयानको लागि लामिछाने आज अपरान्ह आयोगको कार्यालय पुगेका थिए ।

यसअघि लामिछानेले नख्खु कारागारमा भएकै बेलामा सिंहदरबारमा आएर जाँचबुझ आयोगलाई बयान लिएका थिए । उनलाई आयोगले ८ घण्टा लामो बयान लिएको थियो । आयोगले काठमाडौं महानगरका प्रमुख एवम् रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहलाई पनि बयान लिएको छ ।