काठमाडौं, २३ पुष । उर्जामन्त्री कुलमान घिसिङले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाएका छन् । आज (बुधबार) साँझ बालुवाटार पुगेर मन्त्री घिसिङले राजीनामा बुझाएका हुन् ।
जेनजी आन्दोलनको आलोकमा बनेको वर्तमान चुनावी सरकारको कार्यकाल आगामी फागुन २१ गतेको निर्वाचन गराउने बेलासम्म मात्रै हो । नागरिक सरकार भनिएको भएपनि कुलमान घिसिङ सुरुमा दल खोलेर अघि बढेका थिए । उनले आफ्नै पहलमा उज्यालो नेपाल पार्टी अघि बढाएका थिए ।
तर, प्रतिनिधिसभाको निर्वाचनको लागि समानुपातिकतर्फको सूची बुझाउने अन्तिम दिन पुष १४ गते भने उनी रवि लामिछाने नेतृत्वको रास्वपामा समाहित भएका थिए । उनी दलीय राजनीतिमा आवद्ध भएपछि प्रधानमन्त्री कार्कीले राजीनामा दिन सुझाएकी थिईन् । कुलमानलाई उर्जा, सहरी विकास र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय जिम्मा दिईएको थियो ।
तस्विर स्रोत : केशव थापा/प्रम कार्कीको सचिवालय




प्रतिक्रिया