काठमाडौं, २४ पुस । नेपाली कांग्रेसका नेता मधु आचार्यले पार्टी सभापतिका लागि सर्वाधिक उपयुक्त पात्र गगन कुमार थापा रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता आचार्यले गगन समयले मागेको, एजेण्डाले खोजेको र जनताको भरोसाको रुपमा रहेको बताएका हुन् ।
‘नेपाली कांग्रेसका अब युवा पुस्तामै नेतृत्व जानुपर्ने भन्ने कुराको आम धारणालाई बुझ्ने हो भने गगन थापा यसका लागि सर्वाधिक उपयुक्त पात्र हुन् । समयले मागेको, एजेण्डाले खोजेको, आम जनताले भरोसा गरेको, थोरै समय मन्त्री हुँदा पनि राम्रो काम गरेर देखाएको, सबै हिसाबले गगन थापा अहिलेको रोजाइको विषय हो,’– उनले भने ।
गगन, विश्वप्रकाश शर्माजस्तो उम्दा र असल नेताहरु कांग्रेसमा रहेको पनि उनले बताए । गगन–विश्वले कहिले पनि संयमता नगुमाएको र उनीहरुमा शालिनता रहेको नेता आचार्यले बताए । गगन–विश्वमा राजनीतिमा मिसन, भिजन, एक्सन, खटाइ, डेडिकेशन रहेको उनले बताए ।




प्रतिक्रिया