काठमाडौं, २४ पुस । नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले विशेष महाधिवेशनले पार्टी विभाजन नहुने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग सम्बोधन गर्दै उनले विशेष महाधिवेशनको माग सम्बोधन हुन जरुरी रहेको बताएका हुन् । अहिले अवस्थामा कांग्रेस बचाउन पार्टीभित्रको सुधार आवश्यकता रहेको बताए । उनले वर्तमान समयको आवश्यकताअनुसार सुधार गरेर विशेष महाधिवेशनमा जानुपर्ने बताए । उनले विशेष महाधिवेशन अत्यन्त जरुरी रहेको बताए ।
‘पार्टीलाई विरासतमा फर्काउने एजेण्डाको साथ, देशलाई हाँक्ने सामर्थ्यको साथ जानुपर्छ भन्ने विचार राख्ने हो भने अहिलेको आवश्यकता विशेष महाधिवेशन हो । विशेष महाधिवेशनले त्यो प्रतिवद्धता व्यक्त गर्न जरुरी छ । पार्टीमा योगदान गरेको इमानदार कार्यकर्ताको हुर्मत दिइएको छ, उनीहरु अपमानित भएका छन् । देशलाई धोका दिन पाइँदैन । हामी विरातमा फर्किने आजको आवश्यकता हो । कांग्रेसको विरासत, प्रजातन्त्र, समाजवाद, संवैधानिक राजतन्त्रसमेत एकै ठाउँमा गएर देशलाई अगाडि लानुपर्छ,’– उनले भने ।
राजसंस्थालाई बाहिर राखियो भने प्रतिक्रियावादीहरुले खेल्ने ठाउँ पाउने उनले बताए । नेता शर्माले समस्याबाट देशलाई मुक्त पार्ने आधार राजसंस्थालाई सम्मानका साथ राखेर अगाडि बढ्नु नै रहेको बताए ।
‘राजसंस्थालाई हामीले बाहिर राख्यौं भने सधैंभरी प्रतिक्रियावादीले उपयोग गर्ने भए । देशका लागि राजसंस्थाको सम्बन्ध हुने भएकाले संवैधानिक भनेर राख्नु आजको कर्तव्य हो । जनतासँग सत्ता, शासन चलाउने आधिकार रहेपछि राजसंस्थालाई पनि सम्मानका साथ राखेर अगाडि जानु समस्याबाट देशलाई मुक्त पार्ने आधार हो भन्ने मलाई लाग्छ,’– उनले भने ।




प्रतिक्रिया