काठमाडौं, २४ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूर्वमन्त्री कुलमान घिसिङसँग भएको सहमति अब कार्यान्वयन हुने बताएका छन् । आज (बिहीबार) सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले कुलमानले अब मन्त्रीबाट राजीनामा दिएकाले सहमतिअनुसार उपसभापति बनाइने बताएका हुन् ।
‘सहमति गरेका छु, त्यो सहमति त पार्टीबाट त्यसलाई प्रोसेस गर्नु पर्ने हुन्छ । अब बल्ल उहाँ राजीनामा नाम दिएर आउनुभएको छ। त्यो सहमतिलाई पार्टीले औपचारिकता दिने काम सुरु हुन्छ,’– उनले भने ।
रविले कुलमानलाई रास्वपाको उपसभापति बनाउने निर्णय गरेर पार्टी एकता गराएका थिए । नागरिक सरकारमा दलीय प्रतिनिधित्व भएको भनि कुलमानको व्यापक विरोध हुन थालेपछि हिजो मन्त्री पदबाट राजीनामा दिएका थिए । उज्यालो नेपाल पार्टी दर्ता गराएर आफू संरक्षक रहेका कुलमानले सो पार्टीलाई रास्वपामा विलय गरेका थिए ।




प्रतिक्रिया