कांग्रेसको वर्तमान र भविष्य विशेष महाधिवेशनले फैसला गर्छः चन्द्र भण्डारी


काठमाडौं, २५ पुस । नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीले कांग्रेसको वर्तमान र भविष्य विशेष महाधिवेशनले फैसला गर्ने बताएका छन् । डा. शर्मा आज (शुक्रबार) विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा मञ्च व्यवस्थापनको अवलोकन गर्न पुगेका थिए । सो क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले विशेष महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा पनि सहभागी हुनुपर्ने बताए । ‘विशेष महाधिवेशनमा सभापति पनि आउनुपर्छ, यो उहाँको पार्टी पनि हो,’– नेता डा.भण्डारीले भने ।

डा.भण्डारीले पुस २७ र २८ गते हुने विशेष महाधिवेशनमा सबै जिल्लाका महाधिवेशन प्रतिनिधिहरु सहभागी हुने पनि विश्वास व्यक्त गरे । उनलले भने, ‘७७ वटै जिल्लाका साथीहरू हामीसँग छन् । सबै जिल्लाका महाधिवेशन प्रतिनिधिहरू हाम्रा हुन् । नेपाली काँग्रेसका हुन । जो वर्तमान र भविष्यका पनि हुन् । त्यसो हुनाले नेताहरूलाई पनि हामीले मिलाएर लिएर जान्छौं ।’