काठमाडौं, २६ पुुस । नेपाली कांग्रेसले आह्वान गरेको केन्द्रीय समितिको आकस्मिक बैठक जारी रहेको छ । बैठकमा महामान्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सहभागी भएका छैनन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसिरहेको बैठकमा महामन्त्रीद्वय शर्मा र थापा सहभागी नभएको बताइएको छ ।
बैठकमा केन्द्रीय पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातैवटा प्रदेशका सभापतिहरुलाई बोलाइएको छ । विशेष महाधिवेशनको तयारीमा लागेका महामन्त्रीद्वय थापा र शर्माले भने केन्द्रीय समिति बैठक बहिष्कार गरेका हुन् । कांग्रेसको विशेष महाधिवेशन भोलिदेखि (पुस २७ र २८) काठमाडौंमा हुँदैछ ।




प्रतिक्रिया