काठमाडौं, २६ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं पूर्वमन्त्री शिशिर खनालले आफ्नो पार्टीले नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टीलगायतका पुरना राजनीतिक दलसँग चुनावी गठबन्धन र सहकार्य नगर्ने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता खनालले रास्वपाका नयाँ र वैकल्पिक शक्तिसँगमात्रै चुनावी गठबन्धन र सहकार्य हुने बताएका हुन् ।
उनले बाबुराम भट्टराईसँग पनि आफूहरुको सहकार्य नहुने बताए । ‘राष्ट्रिय स्वतन्त्र पार्टीले गठबन्धन गर्दैन । कुनै पनि पुरानो दलसँग हामीले गठबन्धन गर्दैनौं । यो हाम्रो नीति नै हो । हामीले सहकार्य गर्ने नयाँ र वैकल्पिक शक्तिसँग हो । बाबुराम भट्टराईसँग पनि सहकार्य हुँदैन,’– उनले भने ।
साथै, उनले रास्वपा अहिले एकढिक्का रहेको र कुलमान घिसिङ र रवि लामिछानेबीच रहेका केही असमझदारीको पनि तत्काल सम्बोधन हुने बताए । उनले कुलमान संरक्षक रहेको उज्यालो नेपाल पार्टीबाट रास्वपामा १०/१२ जनालाई केन्द्रीय सदस्य बनाउन सकिने बताए । त्योभन्दा बढीलाई केन्द्रीय सदस्य बनाउनका लागि अर्को निर्णय आवश्यक रहेको र अहिले त्यो तत्काल सम्भव नरहेको उनको भनाइ छ । त्य
‘आज हामीले थप गर्र्ने भनेको १०/१२ जनाभन्दा बढी हामीले थप गर्न सक्ने स्थितिमा छैनौं । बालेनजीको समूहबाट केही सदस्य थप गरिएको छ । आजको दिनमा अन्य निर्णय नभएको अवस्थाबाहेक उज्यालो नेपालबाट १०/१२ जनाभन्दा बढी सम्भव छैन । हामीले चाहँदा चाँहदै पनि धेरै फुक्न नमिल्ने कुरा छ । सहमति भइसकेको छ । मलाई लाग्छ– त्यसमा धेरै ठूलो विमति हुँदैन,’– उनले भने ।




प्रतिक्रिया