विशेष महाधिवेशन कमजोर बनाउने रणनीति तय गर्न डा.कोइरालाले भेटे देउवा


काठमाडौं, २६ पुस । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देृउवासँग भेटवार्ता गरेका छन् । आज (शनिबार) देउवा निवास महाराजगन्जमा पुगेर डा.कोइरालाले भेटवार्ता गरेका हुन् ।

भेटवार्तामा नेता कोइराला र सभापति देउवाबीच विशेष महाधिवेशनको सन्दर्भमा कुराकानी भएको बताइएको छ । संस्थापन इतर समूहको नेतृत्व गरिरहेका नेता डा.कोइराला पनि विशेष महाधिवेशनको विपक्षमा छन् । नेता डा.कोइरालाले सभापति देउवासँग विशेष महाधिवेशन कमजोर बनाउने रणनीतिका बारेमा छलफल गरेको बताइएको छ ।

‘विशेष महाधिवेशनलाई कसरी रोक्न र कमजोर बनाउने भन्ने रणनीति तय गर्न नेता डा. शेखर कोइराला र सभापति शेरबहादुर देउवाबीच आज विहान भेटवार्ता भएको हो,’– सो बैठकमा सहभागी एक नेताले भने ।


महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वानमा भोलि (पुस २७ र २८ गते) कांग्रेसको विशेष महाधिवेशन काठमाडौंमा हुँदैछ । कांग्रेसका २ हजार ४ सय ८८ (करिब ५५ प्रतिशत) महाधिवेशन प्रतिनिधिले माग गरेबमोजिम महामन्त्रीद्वय शर्मा र थापाको अग्रसरतामा विशेष महाधिवेशन हुन लागेको हो ।