विहान ८ बजे बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक ६ घण्टापछि सुरु


काठमाडौं, ३० पुस । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । आज (बुधबार) विहान ८ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक करिब ६ घण्टापछि सुरु भएको हो ।

कांग्रेसभित्र विशेष महाधिवेशन पक्षधर र संस्थापन समूहबीच विवाद चर्किरहेको छ । विवादकै बीचमा महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले विशेष महाधिवेशन आह्वान गरेका हुन् । कांग्रेसभित्रको विवाद मिलाउन हिजोदेखि विभिन्न चरणमा वार्ताहरु भएको भए पनि निष्कर्षमा पुग्न सकिएको छैन ।