काठमाडौं, माघ १५। राष्ट्रिय सभा अन्तर्गत आज दुई समितिको बैठक बस्ने भएको छ । आज विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति गरेर दुई समितिको बैठक बस्न लागेको हो ।
बिहान ११ः३० बजे बस्ने तय भएको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन २०८२ को वारेमा छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा नालापानी युद्धमा सुवेदार श्री दयाराम खड्काको योगदान सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । बैठक बिहानको १०ः१५ बजे तय भएको छ । उक्त बैठकमा राष्ट्रिय सभाका उपाध्यक्ष, विधायन व्यवस्थापन समितिका सभापति र इतिहासविद् प्रा.डा. श्रीराम प्रसाद उपाध्यायलाई आमन्त्रित पनि गरिएको छ ।




प्रतिक्रिया