बजार झरेका मतदाता भन्छन्, ‘गाउँमै बस्ने वातावरण बनाइदेउ’

म्याग्दी, माघ १८। म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका रामबहादुर छन्त्यालको अस्थायी बसोबास गण्डकी प्रदेशको राजधानी पोखरामा छ । नाति, नातिनाको पढाइ, आफ्नो रोजगारी र सहज स्वास्थ्य सेवाका लागि पोखरामा बस्दै आएका छन्त्याल चाडपर्व मनाउन, आफन्तको बिहेवारी, किरिया, छेवार र चुनावमा मात्र जन्मथलो फर्कन्छन् ।

“गुणस्तरीय स्वास्थ्य र शिक्षाका साथै सुविधाका लागि बजारमा बस्नुपरेको हो”, उनले भने, “गाउँमा विकासका पूर्वाधार र सुविधाका साथै रोजगारी र आयआर्जनको अवसर भएमा बजारमा बस्नुपर्ने थिएन ।”

अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका भीम पुन पनि विदेशमा रहेका सन्तानका छोराछोरी पढाउन पोखरामा बस्न थालेको आठ वर्ष भयो । “गाउँमा खेतीयोग्य जमिन बाँझै छ, विद्यार्थी नभएर स्कुल रित्तिने अवस्था छ, छोराछोरी कमाउन विदेश गएका छन्, बुढेसकालमा नातिनातिना पढाउन बजारमा बस्नुपरेको छ”, उनले भने, “गाउँमै बस्ने वातावरण भैदिए सजिलो हुन्थ्यो ।”

पोखरामा मतमाग्न पोखरा पुगेका म्याग्दीमा आसन्न चुनावका उम्मेदवारहरूसँग मतदाताले छन्त्याल र पुनले जस्तै बसाइँसराइ रोक्नका लागि गाउँमै बस्ने वातावरण बनाउने नीति र योजनाको माग गरेका छन् । पोखरामा अस्थायी बसोबास गर्नुहुने धवलागिरि गाउँपालिका–७ धारापानीका झलक थापाले गाउँमा आयआर्जन, रोजगारीको अवसर, गुणस्तरीय शिक्षा र स्वास्थ्यको सुविधाको व्यवस्था मिलाउन आग्रह गरे ।

बजार झरेका मतदाता भन्छन्, ‘गाउँमै बस्ने वातावरण बनाइदेउ’

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका रामबहादुर छन्त्यालको अस्थायी बसोबास गण्डकी प्रदेशको राजधानी पोखरामा छ । नाति, नातिनाको पढाइ, आफ्नो रोजगारी र सहज स्वास्थ्य सेवाका लागि पोखरामा बस्दै आएका छन्त्याल चाडपर्व मनाउन, आफन्तको बिहेवारी, किरिया, छेवार र चुनावमा मात्र जन्मथलो फर्कन्छन् ।

“गुणस्तरीय स्वास्थ्य र शिक्षाका साथै सुविधाका लागि बजारमा बस्नुपरेको हो”, उनले भने, “गाउँमा विकासका पूर्वाधार र सुविधाका साथै रोजगारी र आयआर्जनको अवसर भएमा बजारमा बस्नुपर्ने थिएन ।”

अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका भीम पुन पनि विदेशमा रहेका सन्तानका छोराछोरी पढाउन पोखरामा बस्न थालेको आठ वर्ष भयो । “गाउँमा खेतीयोग्य जमिन बाँझै छ, विद्यार्थी नभएर स्कुल रित्तिने अवस्था छ, छोराछोरी कमाउन विदेश गएका छन्, बुढेसकालमा नातिनातिना पढाउन बजारमा बस्नुपरेको छ”, उनले भने, “गाउँमै बस्ने वातावरण भैदिए सजिलो हुन्थ्यो ।”

पोखरामा मतमाग्न पोखरा पुगेका म्याग्दीमा आसन्न चुनावका उम्मेदवारहरूसँग मतदाताले छन्त्याल र पुनले जस्तै बसाइँसराइ रोक्नका लागि गाउँमै बस्ने वातावरण बनाउने नीति र योजनाको माग गरेका छन् । पोखरामा अस्थायी बसोबास गर्नुहुने धवलागिरि गाउँपालिका–७ धारापानीका झलक थापाले गाउँमा आयआर्जन, रोजगारीको अवसर, गुणस्तरीय शिक्षा र स्वास्थ्यको सुविधाको व्यवस्था मिलाउन आग्रह गरे ।

मतदाता खोज्दै उम्मेदवारहरू पोखरामा

०७९ सम्मको निर्वाचनमा चुनाव प्रचार जिल्लाभित्र सीमित थियो । यसपालि चिसोका कारण लेकाली क्षेत्रका मतदाता पनि बजार तथा बेँसीमा झरेका, अध्ययन, व्यापार, व्यवसायको सिलसिलामा बजारमा अस्थायी बसोबास गर्ने मतदातालाई पनि उम्मेदवारले महत्त्व दिएका छन् ।

नेकपा (एमाले) का उम्मेदवार हरिकृष्ण श्रेष्ठले शनिबार र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार अर्जुन थापाले शुक्रबार पोखरामा पुगेर मतदातासँग भेटघाट गरे । नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारी (केबी) र स्वतन्त्र उम्मेदवार डा. महावीर पुन पनि मतदाता भेटघाटका लागि समय मिलाएर पोखरा जाने तयारीमा छन् ।

बढ्दो बसाइँसराइको असर मतदाता सङ्ख्यामा

बढ्दो बसाइँसराइको असर म्याग्दीको कुल जनसङ्ख्या र मतदाता सङ्ख्यामा पनि देखिन थालेको छ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६ हजार ३९७ जना मतदाता सङ्ख्या कायम भएको छ । ४२ हजार ३३२ पुरुष, ४४ हजार ६४ महिला र एक जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन अधिकारी बिमलप्रसाद गौतमले अघिल्लो निर्वाचनको तुलनामा आगामी चुनावका लागि २७७ जनामात्र मतदाता थपिएका हुन् । २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ८६ हजार १२० जना मतदाता थिए । बसाइँसराइ गरेर जिल्ला तथा देशबाहिर जाने र घट्दो जन्मदरको असर मतदाता सङ्ख्यामा परेको निर्वाचन अधिकारी गौतमले बताए । छवटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा आगामी निर्वाचनका लागि ८२ वटा मतदानस्थल र १२० वटा मतदान केन्द्र कायम भएको छ ।

०७९ सम्मको निर्वाचनमा चुनाव प्रचार जिल्लाभित्र सीमित थियो । यसपालि चिसोका कारण लेकाली क्षेत्रका मतदाता पनि बजार तथा बेँसीमा झरेका, अध्ययन, व्यापार, व्यवसायको सिलसिलामा बजारमा अस्थायी बसोबास गर्ने मतदातालाई पनि उम्मेदवारले महत्त्व दिएका छन् ।

नेकपा (एमाले) का उम्मेदवार हरिकृष्ण श्रेष्ठले शनिबार र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार अर्जुन थापाले शुक्रबार पोखरामा पुगेर मतदातासँग भेटघाट गरे । नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारी (केबी) र स्वतन्त्र उम्मेदवार डा. महावीर पुन पनि मतदाता भेटघाटका लागि समय मिलाएर पोखरा जाने तयारीमा छन् ।

बढ्दो बसाइँसराइको असर मतदाता सङ्ख्यामा

बढ्दो बसाइँसराइको असर म्याग्दीको कुल जनसङ्ख्या र मतदाता सङ्ख्यामा पनि देखिन थालेको छ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६ हजार ३९७ जना मतदाता सङ्ख्या कायम भएको छ । ४२ हजार ३३२ पुरुष, ४४ हजार ६४ महिला र एक जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन अधिकारी बिमलप्रसाद गौतमले अघिल्लो निर्वाचनको तुलनामा आगामी चुनावका लागि २७७ जनामात्र मतदाता थपिएका हुन् । २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ८६ हजार १२० जना मतदाता थिए । बसाइँसराइ गरेर जिल्ला तथा देशबाहिर जाने र घट्दो जन्मदरको असर मतदाता सङ्ख्यामा परेको निर्वाचन अधिकारी गौतमले बताए । छवटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा आगामी निर्वाचनका लागि ८२ वटा मतदानस्थल र १२० वटा मतदान केन्द्र कायम भएको छ । रासस