रवि–बालेन एक महिनापछि पुनः एकसाथ सभामा देखिँदै, फागुन ६ गते सम्बोधन गर्ने तय


काठमाडौं, २८ माघ । रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह एकसाथ चुनावी अभियानमा निस्किने तय भएको छ । आगामी फागुन ६ गते कैलालीको धनगढीमा आयोजना गरिने सभामा दुवै नेताले सम्बोधन गर्ने भएका हुन् ।

यसअघि दुई नेताले गत माघ ५ गते धनुषाको जनकपुरमा आयोजित सभामा सम्बोधन गरेका थिए । एक महिनापछि पूनः दुवै नेता एकसाथ उपस्थित् हुने भएका हुन् । कार्यक्रम भने पशुपति टोल (महोत्सवस्थल) मा हुने तय भएको छ ।