काठमाडौं, १४ फागुन । आम जनता पार्टीबाट रौतहट–४ का उम्मेदवार ऋषि धमलाको पक्षमा व्यापक जनलहर देखिएको छ । चुनावी अभियान लिएर मतदाताहरूको घरआँगनमा पुगेका धमलालाई राम्रो हौसला प्रदान गरिरहेका छन् । बृद्धाबृद्ध आमा–बुवाहरुले धमलालाई जितको लागि शुभकामना दिएका छन् । धमलाले सो क्षेत्रका जनताको सेवक बन्ने वाचा गरेका छन् ।
उनले आफू राजनीतिमा आउनुको कारण जनताको मुहारमा खुशी ल्याउनु भएको बताउने गरेका छन् । चुनावी वाचापत्रपनि सार्वजनिक गरिसकेका छन् । आफ्नो निर्वाचन क्षेत्रको सिंगो शिक्षा र स्वास्थ्यमा विकास गर्ने उनको प्रण छ । आफ्नो निर्वाचन क्षेत्रमा सुविधासम्पन्न अस्पताल र विद्यालय आफ्नो पहिलो एजेण्डा भएको धमलाले बताएका छन् ।
उनले शिक्षा र स्वास्थ्य चाहीँ निःशुल्क सेवाको रुपमा अघि बढाउने घोषणा गरेका छन् । धमला आज चुनावी अभियान लिएर चन्द्रपुर नगरपालिकाको वडा नम्बर ९ का सिन्धुरेघारी, नजरपुर, निजानान्दधामलगायत पुगेका थिए । ती ठाउँका आमा–बुवाले जितको लागि शुभकामना भन्दै आशीर्वाद दिएका छन् । धमलाको सरल व्यवहारको कारण मतदाताहरुले सकारात्मक रुपमा लिएका छन् ।













प्रतिक्रिया