विनोद चौधरीले रास्वपाका समानुपातिक उम्मेदवारसहित ११३ जनालाई कांग्रेसमा भित्र्याए


काठमाडौं, १६ फागुन । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा नवलपरासी (बसुपा) का उम्मेदवार विनोद चौधरीले एक सय भन्दा बढि रास्वपाका नेता तथा कार्यकर्ता पार्टीमा भित्र्याएका छन् ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका नवलपरासी (बसुप) समानुपातिक सांसदका प्रत्यासी महेन्द्र हरिजनसहित ११३ जना कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गराएको जानकारी दिएका छन।

उनले परिवर्तनको यात्रामा विश्वास गर्दै कांग्रेस रोज्नुहुने सम्पूर्ण साथीहरुलाई स्वागत गरेको जनाएका छन । उनले भनेका छन्–‘परिवर्तनको सम्वाहक पार्टी नेपाली कांग्रेस हो, जेनजीको भावना र मर्म बुझ्ने पार्टी पनि नेपाली काङ्रेस नै हो ।’