यी सात उम्मेदवार, जसले एमालेको लाज जोगाए


काठमाडौं, फागुन २३ । यहि विहिबार भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको जारी मतगणना अनुसार अहिलेसम्म नेकपा (एमाले)ले ७ वटा निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसमेतले हार व्यहोरेको यस निर्वाचनमा तीन जना उम्मेदवारले पूर्वबाट र चार जना उम्मेदवारले पश्चिम नेपालबाट चुनाव जितेर एमालेको लाज जोगाएका छन् ।

जसअनुसार पूर्वी धनकुटा १ बाट एमालेका राजेन्द्रकुमार राई १८ हजार १३२ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी कांग्रेसका दिनेश राईको १४ हजार २५७ मत प्राप्त गरेका छन् ।

त्यस्तै, इलाम २ बाट २२ हजार ४२६ मतसहित सुहाङ नेम्बाङ विजयी भएका छन्। उनका निकटतम प्रतिष्पर्धी कांग्रेसका भेषराज आचार्यको १४ हजार ६५० मत प्राप्त गरे ।

ताप्लेजुङ १ बाट क्षितिज थेबे १३ हजार ९६२ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिष्पर्धी कांग्रेसका गजेन्द्र लिम्बुको ११ हजार ७११ मत पाएका छन् ।

त्यस्तै, सुदूरपश्चिमको दार्चुला १ बाट एमालेका उम्मेदवार गणेशसिंह ठगुन्ना १८ हजार ८९१ मतसहित विजयी भएका छन् । ठगुन्नाका निकटतम प्रतिष्पर्धी कांग्रेसका धर्मानन्द जोशीको १५ हजार ८३६ मत ल्याएका छन् ।

प्राप्त नतिजा अनुसार दैलेख २ बाट लक्ष्मीप्रसाद पोखरेलले २३ हजार ८८९ मत सहित जित हात पारेका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका दिक्पालकुमार शाहीको नौ हजार ५५२ मत पाएका छन् ।

बझाङबाट ऐनबहादुर महर १८ हजार ५४३ मत सहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रकाश रसाइली स्नेहीलाई १६ हजार ३०४ मत प्राप्त गरे ।

यता बाँके २ बाट मोहम्मद इस्तियाक राई २४ हजार ६४७ मत ल्याएर विजयी भएका छन् । उनका निकटम प्रतिष्पर्धी रास्वपाका विवेककुमार श्रेष्ठको १८ हजार ६७९ मत गरेका छन् ।