काठमाडौं, फागुन २३ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले ११६ औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सबै नेपाली महिलालाई शुभकामना व्यक्त गरेका छन्।
शाहले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री सुशीला कार्की, आफ्नी आमा र श्रीमतीको तस्बिर साझा गर्दै महिलाको सम्मान, समानता र सशक्तीकरण नै समुन्नत समाज निर्माणको आधार भएको बताएका छन्। उनले लेखेका छन्
यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः।
यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रियाः॥’
शाहले नारीलाई जननी, अभिभावक र साथीको रूपमा व्याख्या गर्दै समाजमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण हुने र समुन्नत समाज निर्माणका लागि महिलाको सम्मान, समान अवसर र सशक्तीकरण आवश्यक रहेको बताएका छन्।




प्रतिक्रिया