काठमाडौं, फागुन २३ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रतिनिधिसभा सदस्य निर्वाचनको क्रममा सर्लाहीमा आफूले देखेका समस्या समाधान गर्न निरन्तर पहल गरिरहने बताएका छन् ।
सर्लाही–४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा जित हासिल गरेका अमरेश सिंहलाई बधाई तथा शुभकामना दिदै उनले आफ्नो क्षमताले भ्याएसम्म सर्लाहीमा देखेका र भोगेका समस्याको सम्बोधन गर्न पहल गरिरहने बताएका हुन् । उनले आफूलाई मत दिने मतदाताप्रति कृतज्ञता व्यक्त गर्दै सर्लाहीमा रहेका समस्याहरूको सम्बोधन गर्न क्षमताभित्रबाट सम्भव हुने कामहरू निरन्तर रूपमा गरिरहने जनाएका छन् ।
उनले फेसबुकमा लेखेका छन्, सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित हुनुभएकोमा डा. अमरेश सिंहलाई हार्दिक बधाई तथा शुभकामना ! मलाई माया, विश्वास र मत दिनुहुने यस क्षेत्रका सम्पूर्ण मतदाताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु।
यस क्षेत्रमा मैले देखेका समस्याहरूको सम्बोधन गर्न, मेरो पहल र क्षमताभित्रबाट सम्भव हुने कामहरू निरन्तर रूपमा गरिरहनेछु।




प्रतिक्रिया