काठमाडौं, फागुन २३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की पूर्वनेतृ सुमना श्रेष्ठले रास्वपाले पाएको मत भविष्य बदल्ने संकेत भएको बताएकी छन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्देशमा सुमनाले यस्तो बताएकी हुन् ।
‘अधिकांश नेपालीहरूले पार्टीको सदस्यता, संगठन र जातभन्दा माथि उठेर एउटा स्पष्ट सन्देश दिएका छन्’, सुमनाले सामाजिक सञ्जालमा भनेकी छन्, ‘यस्तो एकता, यस्तो ऊर्जा र यस्तो आशा नेपालमा धेरैपछि देखिएको छ । यो केवल भावना मात्र होइन, भविष्य बदल्ने संकेत पनि हो ।’
उनले फेसबुकमा लेखेकी छन्,
चिन्ता भोलि गरौँला, आज चाहिँ super optimism!आज शंका होइन, आशाको दिन हो । भोलिको कुरा भोलि नै गरौँला — आजको मुस्कान आजकै हो ।
अधिकांश नेपालीहरूले पार्टीको सदस्यता, संगठन र जातभन्दा माथि उठेर एउटा स्पष्ट सन्देश दिएका छन्
“हामी सबैभन्दा पहिले नेपाली हौँ, र परिवर्तनका लागि तयार छौँ ।”
यस्तो एकता, यस्तो ऊर्जा र यस्तो आशा नेपालमा धेरै पछि देखिएको छ । यो केवल भावना मात्र होइन, भविष्य बदल्ने संकेत पनि हो ।
आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस पनि हो ।
संघर्षको अग्रपंक्तिमा रहेका सबै महिलाहरूलाई हार्दिक शुभकामना । संघर्ष अब सडकमा मात्र होइन, virtual world मा पनि छ ।मुद्दा उही छ— न्याय, समानता र सम्मान ।
सबैलाई शक्ति मिलोस् ।




प्रतिक्रिया