काठमाडौं, २४ फागुन । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पारेका हुन् ।
रास्वपाका विश्वराज पोखरेल १३ हजार ९५३ मतसहित विजयी हुँदा कांग्रेसका कुमार लुइँटेलले १३ हजार ९४८ मत ल्याएका थिए ।
त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अम्बिर बाबु गुरुङले ११ हजार २९६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी अस्मिता थापाले १० हजार ७२० मत ल्याएकी छिन् ।




प्रतिक्रिया