काठमाडौं, २४ फागुन । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका विषयमा जाँचबुझ गर्न बनेको न्यायिक आयोगले आज आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित एक कार्यक्रममा आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएका हुन् ।
कार्यक्रममा मन्त्रीहरू, मुख्यसचिव, आयोगका पदाधिकारीलगायतको पनि उपस्थिति थियो । प्रधानमन्त्री कार्कीले प्रतिवेदनमा निचोड भए कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।



तस्बिरः केशव थापा/प्रधानमन्त्रीको सचिवालय




प्रतिक्रिया