सुनसरी–१ मा हर्क साम्पाङ निर्वाचित


काठमाडौं, २४ फागुन । प्रतिनिधिसभाको निर्वाचनमा सुनसरी–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ निर्वाचित भएका छन् । साम्पाङ भारी मतान्तरले विजय भएका हुन् । साम्पाङले ३५ हजार ७४१ मत ल्याएका छन् ।

उनका निकटतम प्रतिष्पर्धी रास्वपाकी गोमा तामाङ (सरिन) ले भने २७ हजार २४९ मत ल्याईन् । उनीहरुबीच ८ हजार ४९२ को मतान्तर छ।