रिपोर्टर्स क्लब नेपालद्वारा एक लाख एक हजार नगद राशीको “प्रेमा शाह पत्रकारिता पुरस्कार” प्रकाश सुवेदीलाई प्रदान


काठमाडौं, १७ चैत्र । रिपोर्टर्स क्लब नेपालले वरिष्ठ साहित्यकार प्रेमा शाहको नाममा स्थापित पहिलो पुरस्कार ‘प्रेमा शाह साहित्यक पुरस्कार–२०८२’ वरिष्ठ सञ्चारकर्मी प्रकाश सुवेदीलाई प्रदान गरेको छ । आज (मंगलबार) क्लबले आफ्नो स्थापनाको २८औं वार्षिकोत्सवको अवसरमा पत्रकार सुवेदीलाई सो पुरस्कार प्रदान गरेको छ ।

एक लाख एक हजार रुपैयाँ नगद राशि र सम्मानपत्रसहित सुवेदीलाई पुरस्कार प्रदान गरेको हो । क्लबका सभापति ऋषि धमला, राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसी, नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं, वरिष्ठ कानूनविद् डा. दिनेश त्रिपाठीलगायतको उपस्थितिमा क्ललबे सो पुरस्कार प्रदान गरेको हो ।