काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधान भित्र रहेर सरकारले गर्ने काममा आफूहरूले रचनात्मक र सकारात्मक ढङ्गले सघाउने बताएका छन्।पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै संविधान माथि छेडखानी हुन थाले प्रतिवादमा उत्रिने चेतावनीसमेत दिएका छन् ।
‘हामीले के भनेका छौं भने यदि यो संविधानभित्र रहेर सरकारले अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार छ, रचनात्मक र सकारात्मक राम्रो काम गर्दा हामी त्यसलाई सकारात्मक नै ढङ्गले हेर्छौं,’ प्रचण्डले भने, ‘तर संविधानमाथि छेडखानी हुन थाल्यो, नेपाल राष्ट्रको राष्ट्रिय हितमाथि कहीँ कतैबाट आँच आउन थाल्यो या जनताले पाएका हक अधिकार खोस्ने जस्ता गतिविधि हुन थाले भने हामी त्यसको फेरि सदनभित्र पनि सडकबाट पनि त्यसको प्रतिवाद गर्छौं ।’




प्रतिक्रिया