एमालेबाट निर्वाचित मेयर साह आजपामा प्रवेश


रौतहट । रौतहटको देवाहीगोनाही नगरपालिकाका निर्वाचित मेयर प्रेमलाल साह आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् ।

आज देवाहीगोनाहीमा आयोजित कार्यक्रममा मेयर साहसहित वडा न. ४ को अध्यक्ष रामप्रवेश पटेल, वडा न.(९ को वडा अध्यक्ष बिरबहादुर साह लगायतका जनप्रतिनिधिहरु आजपामा प्रवेश गरेका हुन् । मेयर साह नेकपा (एमाले) बाट २०७९ को स्थानीय तह निर्वाचनमा निर्वाचित भएका थिए ।

आजपा अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले मेयर साह सहितका नेतालाई पार्टीमा प्रवेश गराइएको थियो ।