काठमाडौं, ३० चैत । वैज्ञानिक एवं सांसद महावीर पुन संसद् बैठक नभएको बेलामा विभिन्न सहरका चोक चोकमा बिताब बेच्दै हिँडेको भेटिन्छन् । आफ्नो आत्मकथाको किताब बचेर उनले वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनमा ल्याएका छन् ।
अहिलेसम्म २ लाख ५५ हजार किताब बेचिसकिएको पुन बताउँछन् । गत शनिबार उनी चाबहिलस्थित चोकमा किताब बेच्दै गरेका भेटिए । उनी भनिरहेका थिए, ‘पैसा लुट्ने मान्छे आयो यहाँ । पैसा लुट्ने डाका । नेपालभरी पैसा लुटेको मान्छे आयो । लुटिसकेँ, १८/ १९ करोड लुटिसकेँ । बचाइसक्यो १२ करोड रुपैयाँ ।’
पुनले लेखेको आत्मकथाको मूल्य सात सय ५० रुपैयाँ रहेको छ । सरकारले वैज्ञानिक अनुसन्धान र आविष्कारको क्षेत्रमा कुनै रकम विनियोजन नै नगरेको भन्दै उनी लामो समयदेखि सरकारसँग असन्तुष्ट समेत रहँदै आएका थिए ।
पूर्व प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनेका पुन आफूले कानून संशोधनका लागि ल्याएको प्रस्तावमा सरकारले सहयोग नगरेको भन्दै मन्त्रिपरिषद्बाट बाहिरिएका थिए ।
गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पुन स्वतन्त्र उम्मेदवारी दिएर जित्ने एकमात्र सांसद हुन् । उनले म्याग्दीबाट प्रतिनिधिसभा सदस्य निर्वाचन जितेका थिए । छुट्टै पहिचान बनाएका पूर्व मन्त्री पुनको कामलाई सम्मान गर्ने शैली भने सराहनीय छ ।




प्रतिक्रिया