काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो सम्पत्ति विवरणबारे सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। आइतबार प्रधानमन्त्री बालेन्द्र साह सहित मन्त्रीपरिषद्का सदस्यहरुले सम्पत्ति विवरण सार्वजनिक गरेसँगै उनको सम्पत्तिलाई लिएर धेरैले चासो व्यक्त गरिरहेका छन् ।
उनले आज(मंगलबार)फेसबुकमार्फत आफ्नो पैतृक र व्यक्तिगत सम्पत्तिको फेहरिस्त सार्वजनिक गर्ने घोषणा गरेका हुन्।
उनले आफ्नो नाममा कुनै पनि व्यक्तिगत सम्पत्ति नभएको दाबी गरेका छन् । पुर्ख्यौली सम्पत्तिको रूपमा खोटाङको केपिलासगढी गाउँपालिका–२ चोखाने गाउँमा केही खेतबारी रहेको उनकोे भनाइ छ । ‘मेरो बाउबाजेले कमाएको पैतृक सम्पत्ति आमाको नाममा छ, जहाँ पाखारेखा, खरबारी, बाँस र उतिस घारीहरू छन्,’ साम्पाङले फेसबुकमा लेखेका छन्।




प्रतिक्रिया