स्वकीय सचिव राख्न पाउने निर्णयको विपक्षमा हर्क


काठमाडौं, वैशाख २ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ राई सांसदहरूले स्वकीय सचिव राख्न पाउने निर्णयको विपक्षमा उभिएका छन् ।

‘सांसदहरूले स्वकीय सचिव राख्ने निर्णयको विरुद्धमा छु म’, उनले फेसबुकमा लेखेका छन्, ‘३० हजारले नै मासिक तलब दिए पनि महिनाको ८२ लाख ५० हजार, वर्षको ९ करोड ९० लाख र पाँच वर्षको ४९ करोड ५० लाख रुपैयाँ लाग्छ ।’

खर्च कटौतीका लागि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सांसदहरूले पाउने स्वकीय सचिवको सुविधा कटौती गरेको थियो । यद्यपि, अहिले संघीय संसद सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिले स्वकीय सचिव पाउने गरी प्रक्रिया अगाडि बढाएपछि साम्पाङले आफू उक्त निर्णयको विरुद्धमा रहेको जनाएका हुन् ।