काठमाडौं, वैशाख २ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । बैठकमा समसामयिक विषयमा छलफल हुनेछ ।
बैठकमा पार्टीको १५औँ महाधिवेशनको तयारी र पार्टीभित्रको विवाद समाधानबारे पनि छलफल हुनेछ । त्यसअघि अहिले बिहान ११ बजे केन्द्रीय अनुशासन समितिको बैठक बस्दैछ ।
उक्त बैठकमा पूर्णबहादुर खड्काले कांग्रेसको लेटरप्याड प्रयोगगरी मंगलबार दोस्रो पटक कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेपछि कारबाहीको तयारी अघि बढाइएको छ ।
खड्काले यसअघि पूर्व गृहमन्त्री रमेश लेखकको गिरफ्तारीविरुद्ध कांग्रेसको लेटरप्याडमा विज्ञप्ति प्रकाशित गरेपछि पार्टीका अनुशासन समितिले यसलाई गम्भीरता दिँदै सचेत गराउने निर्णय गरेको थियो।
केन्द्रीय अनुशासन समितिको चैत १८ गतेको बैठकले खड्काको नाम नल्याइ, अबदेखि लेटरप्याडको दुरुपयोग नगर्न निर्देशन दिएको थियो।




प्रतिक्रिया