काठमाडौँ, २ वैशाख । एपोलो हाइड्रोपावर लिमिटेड ले चैत २६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (बैशाख २ गते) अन्तिम दिन रहेको छ।
कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पहिलो चरणमा शेयर बाँडफाँट गरिसकेपछि अब सर्वसाधारण लगानीकर्ताहरूका लागि दोस्रो चरणमा आईपीओ जारी गरेको हो। कुल ५७ करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशत बराबर १४ लाख १० हजार कित्ता शेयरमध्ये विभिन्न समूहलाई बाँडफाँट गरिसकेपछि बाँकी ७ लाख ८० हजार २०० कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको छ।
यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी माइनस’ रेटिङ्ग प्रदान गरेको छ, जसले मध्यम जोखिम जनाउँछ।
कम्पनीले सञ्चालन गरिरहेको ६ मेगावाट क्षमताको बुकु खोला जलविद्युत आयोजनाको अनुमानित लागत १ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी रहेको छ भने साधारण लगानी फिर्ता अवधि ७.७७ वर्ष रहेको छ। लगानीकर्ताले आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्था वा MeroShare प्रयोग गरी आवेदन दिन सक्नेछन्।




प्रतिक्रिया