दीपक भट्ट र सुलभ अग्रवालको घरमा छापा


काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको घर र हिमालयन रि-इन्स्योरेन्सको कार्यालयमा छापा हानेको छ ।

मंगलबार निजी निवास र हिमालयन रि-इन्स्योरेन्सको कार्यालयमा छापा हानेको स्रोतले बतायो । छापा हानेर अनुसन्धानका लागि आवश्यक कागजात लिएको विभागका एक कर्मचारीले जानकारी दिए ।

सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका दीपक र सुलभ हाल हिरासतमै रहेका छन् ।