काठमाडौँ, २ वैशाख । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता व्यवस्थापन गर्न आज फेरि ४० अर्ब रुपैयाँ खिच्ने भएको छ ।
बैंक तथा वित्तीय संस्थाहरूमा अतिरिक्त तरलता बढेपछि केन्द्रीय बैंकले वैशाख २ गते निक्षेप संकलन उपकरणमार्फत उक्त रकम संकलन गर्न लागेको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ।
‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि बढीमा कुल आह्वान रकमसम्म बहुबोलकबोल गर्न सक्नेछन् । निक्षेप संकलन ब्याजदर बोलकबोलका आधारमा निर्धारण गरिनेछ भने ५६ दिने यो उपकरणको साँवा तथा ब्याज जेठ २७ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।




प्रतिक्रिया