काठमाडौं, वैशाख ३ । सोपान फर्मास्यूटिकल्स लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गरेको छ । आज बिहीबारदेखि आईपीओ जारी गरेको हो । यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई छुट्याइएको सेयर बाँडफाँड गरिसकेको थियो ।
कम्पनीलाई कुल जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत बराबर हुने ४२ करोड ९० लाख रुपैयाँ मूल्यका ४२ लाख ९० हजार कित्ता सेयर जारी गर्न अनुमति प्राप्त भएको थियो । तीमध्ये १० प्रतिशत अर्थात् ४ लाख २९ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई वितरण गरिसकिएको छ। त्यस्तै, १ लाख ७१ हजार ६०० कित्ता कर्मचारीका लागि र २ लाख १४ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ।
अब बाँकी रहेको ३४ लाख ७४ हजार ९०० कित्ता सेयर (३४ करोड ७४ लाख ९० हजार रुपैयाँ बराबर) सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो। प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्य रहेको यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।




प्रतिक्रिया