काठमाडौँ, ३ वैशाख । रौतहटको गरुडास्थित ऐतिहासिक श्री राम सुगर मिल्स पुनः सञ्चालनको माग गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा निवेदन दर्ता गरिएको छ। विगत ६ वर्षदेखि बन्द रहेको उद्योगका कारण किसान र मजदुर मारमा परेको भन्दै स्थानीय राम पुजन साहले मन्त्रालयको ध्यानाकर्षण गराएका हुन्।
निवेदनमा उद्योगको अवस्था र लिलामी प्रक्रियाबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गर्न माग गरिएको छ। साथै, किसानले सहुलियतमा दिएको ८३ बिघा १३ कठ्ठा जग्गाको संरक्षण गर्दै उद्योगलाई प्राविधिक र आर्थिक सुधारसहित सञ्चालनमा ल्याउनुपर्ने उल्लेख छ।
लामो समयदेखि उद्योग बन्द हुँदा रौतहट, बारा र सर्लाहीका हजारौँ उखु किसानले बजार नपाएको र श्रमिकहरू रोजगारीबाट वञ्चित हुनुपरेको गुनासो स्थानीयको छ। मन्त्रालयले यस विषयमा ठोस पहल गरे स्थानीय अर्थतन्त्रमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।






प्रतिक्रिया