कांग्रेसको आधिकारिकतामाथि देउवा पक्षको दाबी नपुग्ने, गगनको पक्षमा सर्वोच्चको फैसला


काठमाडौं, ४ वैशाख । सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई वैधानिक ठहर गर्दै गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता प्रदान गरेको छ । शेर बहादुर देउवासमेत जना २ द्वारा निर्वाचन आयोगसहित ४ जनालाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

सो रिटमा सर्वोच्चका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासमा गत विहीबारदेखि सुनुवाइ भएको थियो ।सर्वोच्चले उक्त मुद्दामा रिट खारेज गर्दै निर्वाचन आयोगको निर्णयलाई नै आधिकारिकता प्रदान गरेको हो ।