सर्वोच्चको फैसलालाई हार वा जीतको विषय नबनाउन महामन्त्रीको आग्रह


काठमाडौं, वैशाख ५ । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलामा महामन्त्री प्रदीप पौडेलले न्यायपूर्ण भएको टिप्पणी गरेका छन् । महामन्त्री पौडेलले पार्टीको आधिकारिकता सम्बन्धमा सर्वोच्च अदालतको फैसला कसैका लागि पनि हार वा जीतको विषय हुन नहुनेमा जोड दिदै एउटाको जीत वा अर्काको हारका रूपमा व्याख्या गरेर पार्टी एकता खल्बलिने वातावरण आउन नदिन सबै सचेत र सजग हुनु नै अहिलेको अवस्थामा अनिवार्य आवश्यकता रहेको जनाएका छन् ।

उनले लेखेका छन् ‘नेपाली काङ्ग्रेसको आधिकारिकता सम्बन्धमा सम्मानित सर्वोच्च अदालतको फैसला स्वीकार गर्दछौं । यस फैसला कसैका लागि पनि हार वा जीतको विषय हुनु हुँदैन ।एउटाको जीत वा अर्काको हारका रूपमा व्याख्या गरेर पार्टी एकता खल्बलिने वातावरण आउन नदिन हामी सबै सचेत र सजग हुनु अहिलेको अवस्थामा अनिवार्य आवश्यकता हो । अब सबैलाई सुरक्षित आभास हुने गरि सबै पुनः चारतारे झण्डामुनि गोलबद्ध बनेर १५ औं महाधिवेशनमा अघि बढ्ने वातावरण निर्माणका लागि सक्रिय रहन म समस्त नेपाली काङ्ग्रेसका नेता, साथीहरु र शुभेच्छुकमा हार्दिक अपिल गर्दछु।’

सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको पक्षमा फैसला गरेको छ ।