बढेर आयो सुनचाँदीको मूल्य, आज कति पुग्यो?


काठमाडौं, वैशाख ६ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। आज सुन प्रतितोला एक हजार २०० रुपैयाँले बढ्दा चाँदीको मूल्य तोलामा ९५ रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबारको बजारमा सुन प्रतितोला दुई लाख ९९ हजार ८०० रुपैयाँमा रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी आज चाँदी प्रतितोला ५ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार चाँदी प्रतितोला पाँच हजार १३० रुपैयाँमा कारोबार भएको थियो।