वासिंगटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता ओभल अफिसबाट बाइबलको एक अंश सार्वजनिक रूपमा वाचन गर्ने कार्यक्रम राखेका छन् । “अमेरिका रिड बाइबल” नामक कार्यक्रममा उनले भिडियो सन्देशमार्फत सहभागी हुने जनाइएको छ । आयोजकहरूका अनुसार, ट्रम्पले बाइबलको “टु क्रोनिकल ७ः११(२२” बाट पाठ गर्नेछन् । पश्चात्ताप, प्रार्थना र परमेश्वरतर्फ फर्किने सन्देश दिने उक्त अंश अमेरिकी इभान्जेलिकल समुदायमा निकै उद्धृत हुने गर्छ ।
यो कार्यक्रम ट्रम्प र पोप लियोबीच हालै भएको विवादपछि अझ चर्चामा आएको छ। उक्त विवाद इरानसँग सम्बन्धित तनावका विषयमा भएको थियो । त्यसैगरी, ट्रम्पले आफूलाई येशूको रूपमा देखाइएको एआई–निर्मित तस्बिर पोस्ट गरेर पछि मेटाएपछि पनि आलोचना भएको थियो ।
“अमेरिका रिड्क द बाइबल” कार्यक्रम एक सातासम्म चल्ने बताइएको छ, जसले अमेरिकी सार्वजनिक जीवनमा विशेषगरी इसाई धर्मको भूमिकालाई जोड दिने उद्देश्य राखेको छ । इतिहासविद् मार्गरेट सुसान थम्पसनका अनुसार उक्त बाइबल पदलाई धेरै इभान्जेलिकल क्रिश्चियनहरूले “राष्ट्रलाई आशिष दिलाउन परमेश्वरलाई आह्वान गर्ने आधार” को रूपमा लिने गरेका छन् ।
यसअघि पनि अमेरिकी नेताहरू जिम्मी कार्टर र जर्ज डब्ल्यू बुशले पनि आफ्नो धार्मिक विश्वासलाई राजनीतिक दृष्टिकोणमा प्रभाव पार्ने तत्त्वका रूपमा प्रयोग गरेका थिए, तर व्यक्तिगत विश्वासलाई सरकारी नीतिको रूपमा प्रस्तुत गर्ने अभ्यास भने सीमित रहेको विश्लेषण गरिएको छ ।
हाल ट्रम्प प्रशासनले सार्वजनिक कामकाजमा धार्मिक भाषाको प्रयोग बढाउँदै गएको देखिएको छ, जसले समर्थन र आलोचना दुवै उत्पन्न गरिरहेको छ । एजेन्सी




प्रतिक्रिया