विद्यार्थी संगठन रोक लगाउने सम्बन्धमा एमाले नेता ज्ञवालीको कडा टिप्पणी


काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयहरूमा विद्यार्थी संगठनका गतिविधि र उपस्थितिमाथि रोक लगाउने निर्णयको सम्बन्धमा कडा टिप्पणी गरेका छन्।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को अधिकार खोस्ने कदमलाई चरम अलोकतान्त्रिकको रुपमा लिएका हुन्।

‘पञ्चायती निरङ्कुशतामा समेत सरकारले धृष्टता गर्न नसकेको यस्तो विषयमा हस्ताक्षर गर्न विश्वविद्यालयका उपकुलपतिज्यूहरूले कसरी सक्नु भए होला ?’ उनले लेखेका छन् ।

विद्यार्थी आन्दोलनभित्र कतिपय कमजोरी र समस्याहरू रहेको यथार्थलाई स्वीकार्दै उनले विद्यार्थी आन्दोलन आम विद्यार्थीको हित, शैक्षिक गुणस्तर वृद्धि र स्वस्थ वातावरण निर्माणमा ‘क्याटालिस्ट’ बन्नुपर्नेमा बेलाबेला मूल मुद्दाबाट बरालिएको बताएका छन् ।