काठमाडौं, वैशाख १३ । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला २,७०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हाल सुन प्रतितोला २ लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। अस्ति शुक्रबार सुनको भाउ तोलाको २ लाख ९६ हजार ५०० रुपैयाँ रहेको थियो ।
त्यसैगरी, आज चाँदीको भाउ तोलामा ५० रुपैयाँले बढेर तोलाको ४ हजार ९९५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ । शुक्रबार चाँदीको भाउ तोलाको ४ हजार ९४५ रुपैयाँ थियो । मूल्य पनि प्रतितोला ५० रुपैयाँले बढेर हाल ४,९९५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ।




प्रतिक्रिया