सिंहदबारमा कांग्रेस संसदीय दलको बैठक


काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक अहिले जारी छ । सिंहदबारस्थित संसदीय दलको कार्यालयमा बैठक बसेको हो ।

उक्त बैठकमा नेता चयन सम्बन्धी प्रक्रियालाई अन्तिम रूप दिने र अनुमोदन गर्ने कार्यसूची रहेको छ । त्यसअघि पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको थियो ।

उक्त बैठकमा दलको नेताका रुपमा भीष्मराज आङ्दाम्बेको नाम प्रस्ताव भएको छ । दलको नेतामा सहमति जुटाउन गत शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकले उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा ७ सदस्यीय समिति बनाएके थियो ।