काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले टियु क्रिकेट मैदान नभत्काउने बताएका छन् । सोमबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग भएको कुराकानिमा मन्त्री पोखरेलले यस्तो बताएका हुन् ।
‘आज बिहान मेरो त्रिविको उपकुलपतिसहितका पदाधिकारीसँग बैठक बसेको थियो । खाली गराउने उद्देश्य होइन, लिज सकिएकाले नयाँ एग्रिमेन्ट हुन्छ । भत्किँदैन’, मन्त्री पोखरेलले भने ।
उनले त्रिवि क्रिकेट मैदान र नेपाल क्रिकेट संघबीचको पुन:भाडा सम्झौता हुने बताए ।
सरकारले थालेको अतिक्रमित जग्गा फिर्ता ल्याउने अभियानअन्तर्गत त्रिविले गत ४ वैशाखमै सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित निकायलाई जग्गा खाली गर्न निर्देशन दिएको हो ।




प्रतिक्रिया