सरकारविरुद्ध त्रिभुवन विश्वविद्यालय परिसरमा मार्चपास


काठमाडौँ । सरकारले विभिन्न राजनीतिक दलनिकट विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाउने तयारी गरेकोमा विरोध प्रदर्शन भएको छ । संयुक्त विद्यार्थी आन्दोलनले आज त्रिभुवन विश्वविद्यालय परिसरमा मार्चपास गरेको छ।

विद्यार्थी सङ्गठनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय संविधान, लोकतान्त्रिक मूल्य–मान्यता विपरीत तथा नागरिक अधिकारमाथिको प्रत्यक्ष आक्रमण भएको भन्दै उक्त निर्णय तत्काल फिर्ता गर्नुपर्ने उनीहरूको माग छ।