गाजामा सहायता प्रवाह अनुमति दिन इजरायललाई राष्ट्रसङ्घको आह्वान


जेनेभा, १६वैशाख । मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त थमीन अल खितानले इजरायललाई आधारभूत जीवन यापनका लागि अत्याआवश्यक वस्तुहरूमा लगाइएका प्रतिबन्धहरू हटाइ गाजा पट्टीमा मानवीय सहायताको प्रवेशलाई अनुमति दिन आह्वान गरेका छन् ।

जेनेभामा आयोजित संयुक्त राष्ट्रसङ्घको साप्ताहिक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रवक्ता अल खितानले यस्तो अपिल गरेका हुन् ।

प्रवक्ता अल खितानले इजरायललाई गाजामा प्यालेस्टिनीहरूको आधारभूत आवश्यकताहरू पूरा गर्न र मानवीय सहायताको प्रवेश र प्रवाहमा लगाएका सबै प्रतिबन्धहरू हटाई सुरक्षा सुनिश्चित गर्न सुझाव दिएका छन्।

लामो समयको निरन्तरको द्वन्द्वले स्वच्छ पिउने पानी, खाना, खाना पकाउने ग्यास लगायएतका अत्आवश्यक आपूर्तिको तीव्र अभावलाई औंल्याउँदै गाजाको अवस्था निकै गम्भीर रहेको उनले बताएका छन् ।

सन् २०२५ अक्टोबर देखि गाजामा युद्धविराम भएता पनि, यस क्षेत्रले कडा नाकाबंदी साथसाथै दैनिक इजरायली आक्रमणको सामना गरिरहेको छ जसको परिणामस्वरूप हजारौं नागरिक हताहत भएको जनाइएको छ । रासस