काठमाडौं । नेपाली कांग्रेसले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई पार्टीको जिम्मेवारीबाट निलम्बन गरेको छ । बुधबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले उनलाई जिल्ला सभापतिको पदमा रहेर कुनै पनि कामकाज गर्न नपाउने गरी निलम्बन गर्ने निर्णय गरेको हो ।
पार्टीका कार्यबाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार अनुशासन समितिको सिफारिसमा उनलाई निलम्बन गरिएको हो । तामाङमाथि पार्टीको मर्यादाविपरीत कार्य गरेको र अनुशासन उल्लंघन गरेको आरोप लागेको छ ।
कांग्रेसभित्रको आन्तरिक अनुशासन कायम राख्न यो कदम चालिएको उल्लेख गरिएको छ ।




प्रतिक्रिया