काठमाडौं । सरकारले दोस्रो चरण अन्तर्गत आज स्वयम्भु र बालाजु आसपासका सुकुमबासी वस्तीहरुमा धमाधम डोजर चलाइरहेको छ ।
यसैबीच बालाजुस्थित बुद्धज्योती बाल उद्यम आधारभूत विद्यालयमा पनि डोजर चलेको छ ।
काठमाडौं महानगरपालिका–१९ मा रहेको उक्त विद्यायलमा आज डोजर चलेको हो ।
शुक्रबार बल्खु, बालाजु, शंखमुल, वंशीघाटलगायतका सुकुमवासी बस्तीका घर–टहरा भत्काएको थियो । पहिलो चरणमा थापाथली, मनोहरा, सिनामंगल, गैरीगाउँ आसपास बनेका संरचना हटाइएको थियो ।




प्रतिक्रिया