काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयप्रति प्रश्न उठाएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै साम्पाङले आईजीपीको बर्खास्तीले प्रहरी संगठनको मनोबलमा कस्तो प्रभाव पार्यो भन्ने प्रश्न गरेका हुन्।
साम्पाङले लेखेका छन्, ‘आईजीपीको बर्खास्तीले प्रहरीको मनोबल बढायो कि घटायो ? यो आईजीको नियुक्तिमा बिचौलियाले काम गर्यो कि गरेन ??’
सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाएर डा. मनोज केसीलाई नयाँ आईजीपी नियुक्त गरेपछि उक्त निर्णयलाई लिएर विभिन्न प्रतिक्रिया सार्वजनिक भइरहेका छन्।




प्रतिक्रिया